Logo

दशैं लगत्तै ओरालो लाग्यो नेप्से, कारोबार रकममा पनि ब्रेक

दशैं लगत्तै ओरालो लाग्यो नेप्से, कारोबार रकममा पनि ब्रेक



काठमाडौं । दशैं सकिएलगत्तै खुला भएको सेयर बजारमा गिरावट आएको छ । सोमबार बजार खुले लगत्तै ओरालो लागेको नेप्से परिसुचक अन्तमा १ दशमल ९८ अंकले घट्न पुग्यो ।

बजारमा बैंक, बीमा, व्यापार, उत्पादनमुलक समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी उत्पादनमुलक समुहको परिसुचकमा ६२ अंकको गिरावट आएको छ ।

यसैगरी बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा १ दशमलव ७१ अंकले गिरावट आउँदा निर्जीवन बीमा समुहको परिसुचक २८ र जिवन बीमा समुहको परिसुचकमा १८ अंकको गिरावट आएको छ ।

सोमबार सामान्य रुपमा ओरालो लागेको बजारमा होटल, विकास बैंक, जलविद्युत, माईक्रो फाइनान्स तथा फाइनान्स लगायका समुहको परिसुचक भने सामान्य बढेका छन् ।

यसैगरी बजारमा कारोबार रकम पनि बढ्न सकेको छैन । दशैंका कारण अधिकांश लगानीकर्ता राजधानी बाहिर भएका कारण बजारमा धेरै कारोबार हुन सकेन । दिनभर करिब १७ करोड रुपैयाँको मात्र सेयर खरिदबिक्री भएको छ । जसमा १ सय ४१ कम्पनीको ७ लाख ३० हजार कित्ता सेयर मात्र कारोबार भए ।

बजारमा प्रभु बैंकको ३ करोड २५ लाख रुपैयाँको सेयर खरिदबिक्री हुँदा अन्य कम्नपीको १ करोड रुपैयाँभन्दा कम नै कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्