काठमाडौं । धितोपत्र बोर्डले मध्य भोटेकोशी जलविद्युत आयोजनालाई सेयर निष्काशनका लागि अनुमति दिएको छ ।
कम्पनीले पहिलो चरणको सेयर निष्काशनका लागि अनुमती प्राप्त गरेको हो । जस अनुसार कम्पनीले पहिलो चरणमा कर्मचारी संचय कोषका संचयकर्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारीका र ऋणदाता संस्थाका कर्मचारीका लागि करोड ४४ लाख कित्ता सेयर निष्काशन गर्ने भएको छ ।
जसमध्ये कर्मचारी संचय कोषका संचयकर्ताहरुका लागि मात्रै कुल जारी पूँजीको १९ दशमलव ५ प्रतिशत अर्थात १ करोड १७ लाख कित्ता सेयर जारी गर्ने छ । रुपैयाँ बराबरको शेयर जारी गर्ने छ । संस्थापक सेयरधनी संस्थाका कर्मचारीका लागि २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि ६ लाख कित्ता सेयर जारी गर्ने छ ।
कम्पनीको कुल २ अर्ब ९४ करोड रुपैयाँ बराबरको २ करोड ९४ लाख कित्ता साधारण शेयर जारी गर्नेछ । कम्पनीको सेयर निकाशन तथा बिक्री प्रवन्धकमा ग्लोबल आइएमइ क्यापिटल, एनआइबिएल एस क्यापिटल, सिबिआईएल क्यापिटल, सिभिल क्यापिटल, सानिमा क्यापिटल, प्रभु क्यापिटल र लक्ष्मी क्यापिटललाई नियक्त गरेको छ ।
दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाका लागि सेयर जारी गर्नेछ भने तेस्रो चरणमा सर्वसाधारण तथा कम्पनीका कर्मचारीहरूका लागि सेयर निष्काशन गर्ने भएको छ ।