Logo

रन सुज चौथो बर्षमा, जापान र मलेशियामा निर्यातको तयारी

रन सुज चौथो बर्षमा, जापान र मलेशियामा निर्यातको तयारी


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

१५ चैत,काठमाडौं । रन सुज इन्डष्ट्रिज प्रालि आफ्नो स्थापनाको चौथो बर्षमा प्रवेश गरेको छ । शनिवार एक कार्यक्रम आयोजना गरि तेस्रो वार्षिकोत्सव मनाएको थियो । सो अवसरमा नेपाल सरकारका वाणिज्य तथा आपुर्ती राज्य मन्त्री गीरी बहादुर केसीले उद्योगको समस्यालाई सम्बोधन गर्न सरकारको तर्फबाट सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले उद्योगले व्यहोर्नु परेको कच्चा पदार्थ र तयारी वस्तुको समान भन्सारदरलाई फेरबदल गर्न सरकारलाई आग्रह गरे । साथै निकट भविष्यमा जापान र मलेशियामा रन ब्राण्डका जुत्ता चप्पल निर्यात गर्न लागिएको जानकारी दिए ।

सो अवसरमा सभासद शेर बहादुर तामाङ्ग, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ, फुटवयर म्यानुफ्याक्चरर एशोशिएसनका अध्यक्ष रविन श्रेष्ठ, राष्टिय व्यापार संघका अध्यक्ष नयन बहादुर क्षेत्री लगायतको उपस्थीती रहेको थियो ।
कार्यक्रममा रन सुज इण्डष्ट्रिजमा यो वर्ष उत्कृष्ट कर्मचारीहरुलाई नगद तथा प्रमाणपत्र समेत वितरण गरियो ।

कम्पनीले हाल देशका ७२ वटा जिल्लामा आफनो ब्रान्ड रनको जुत्ता चप्पल उत्पादन तथा बिक्री गर्दै आएको छ । उद्योगले यसै वर्षको शुरुवात देखि सेना, प्रहरी तथा अन्य क्षेत्रका सुरक्षाकर्मीहरुले प्रयोग गर्ने डिएमएस बुट दैनिक ७०० जोर उत्पादन गर्दै आएको छ ।
उद्योगले गत बर्ष अन्तराष्ट्रिय स्तरको गुणस्तर मापदण्डको आधारमा दिईने आइ. एस. ओ. ९००१ः२००८ अवार्ड समेत प्राप्त गरिसकेको छ । यसै क्रममा रन सुज ईण्डष्ट्रिजले २०७१ फागुन २६ गते स्वचालित पियू प्लान्टबाट जुत्ता चप्पल उत्पादन शुरु गरेको छ । यो पियु प्लान्टबाट उद्योगले दैनिक ६ हजार जोर जुत्ता तथा चप्पल उत्पादन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL