Logo

रिचार्जरले ल्यायो दशैं लक्षित ‘दशैंको खसी घरमै बसीबसी’ योजना, मोबाईल किन्दा खसी उपहार

रिचार्जरले ल्यायो दशैं लक्षित ‘दशैंको खसी घरमै बसीबसी’ योजना, मोबाईल किन्दा खसी उपहार



काठमाडौं । मोबाईल एप्स रिचार्जरले दशैंलाई लक्षित गर्दै ‘दशैंको खसी घरमै बसीबसी’ योजना सार्वजनिक गरेको छ । कम्पनीले यस्तो योजनाका लागि मोबाईल किन्दा खसी उपहार योजना सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार रिचार्जरको एप मार्फत मोबाईल खरिद गर्ने ग्राहकलाई यसपालिको दशँैमा रिचार्जरले खसी उपहार दिने भएको छ ।

कम्पनीको उक्त योजना असोज १६ गतेदेखि लागू हुने छ । यो योजनामा सहभागि हुनका लागि असोज १६ गते मंगलबारदेखि २९ गते सोमबार दिउँसो १२ बजेसम्ममा रिचार्जरको एप मार्फत मोबाईल खरिद गर्नुपर्नेछ ।

उक्त अवधिमा एप मार्फत मोबाइल खरिद गर्ने ग्राहकलाई ग्रोलाप्रथा मार्फत खसी उपहार प्रदान गरिने रिचार्जरका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले जानकारी दिए ।

योजना सिमित ब्राण्डका मोबाईल फोनहरुमा मात्र लागू हुने रिचार्जरले जानकारी दिएको छ । खसी विजेताको घोषणा असोज २९ गते सोमबार मोबाइल एप रिचार्जरको आधिकारिक फेसबुक पेज मार्फत लाइभ घोषणा गरिने कम्पनीले जानकारी दिएको छ ।

एप मार्फत जुनसुकै सामान अर्डर गर्दा काठमाडौँ उपत्यकाको चक्रपथ भित्र तीन घण्टाभित्र डेलिभरी गर्ने रिचार्जरले बताएको छ । तीन घण्टाभित्र सामान डेलिभरी गर्दा केही अतिरिक्त शुल्क लाग्ने छ ।

रिचार्जर एप मार्फत अर्डर गरिएका जुनसुकै सामान २४ घण्टाभित्र ग्राहकलाई उपलब्ध गराउने कम्पनीको दाबी छ । २४ घण्टाभित्र सामान डेलेभरी गर्दा भने कुनै अतिरिक्त शुल्क लाग्ने छैन ।

प्रतिक्रिया दिनुहोस्