काठमाडौं । डीजेआई ब्राण्डका ड्रोन क्यामरा नेपाली बजारमा भित्रिएको छ । विश्व बजारमा ड्रोन ब्यवसायको ७० प्रतिशत हिस्सा ओगटेको डीजेआईलाई आईएमएस ग्रुपले नेपाल भित्र्याएको हो ।
डीजेआई ड्रोन क्यामरा एरीयल फोटोग्राफीको स्ट्याबलाईजर र भिडियोग्राफिका लागि प्रचलित रहेको छ । विशेष गरि सिनेम्याटो ग्राफी भएको डीजेआई कम उचाई एरीयल तस्बिरका लागि योग्य रहेको आईएमएस ग्रुपले जानकारी दिएको छ ।
ग्रुपले हाल नेपालमा मेभिक २ जुम, स्पार्क कन्ट्रोलर कम्बो ह्वाईट, मेभिक एयर ब्ल्याक, मेभिक एयर ह्वाईट, टेलो ग्लोबल, फ्यान्टम ४ प्रो भि २ दशमलब शुन्न लगायतका मोडलहरु उपलब्ध गराउने भएको छ ।
डिजेआईका अन्य नयाँ मोडलहरु समेत छिट्टै नेपाली बजारमा ल्याउने कम्पनीले जानकारी दिएको छ साथै यी मोडलहरु स्र्माट डोको अनलाईन मार्फत समेत उपलब्ध गराएको कम्पनीले जानकारी दिएको छ ।
आईएम एस गु्रपका प्रमुख कार्यकारी निर्देशक दिकेश मलहोत्राले डिजेआईलाई नेपाल भित्र्याउन पाएकोमा खुसी ब्यक्त गरेका छन । उनले भिडियोग्राफी र फोटोग्राफीको बढ्दो मागलाई डिजेआईले पुरा गर्ने विस्वास लिएको बताए ।