Logo

काल्सवर्गले लिभरपुलका खेलाडीको हस्ताक्षरसहितको बल ल्याउदै, लामबर्टको हस्ताक्षरको बल सगरमाथा पुर्याइने

काल्सवर्गले लिभरपुलका खेलाडीको हस्ताक्षरसहितको बल ल्याउदै, लामबर्टको हस्ताक्षरको बल सगरमाथा पुर्याइने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१२ चैत,काठमाडौं । लिभरपुल फुटबल क्लबका खेलाडीहरुले हस्ताक्षर गरेको बारक्लेज प्रिमियर लिग अफिसियल फुटबल नेपालमा ल्याइने भएको छ ।

काल्सवर्गले ल्याउन लागेको सो फुटवलमा नौ नम्बर जर्सीका रिकी लामवर्ट, २१ नम्बरका डिफेन्सिभ मिड्फिल्डर लुकास लिभा, ५० नम्बरका लाजार मार्कोभिक तथा १० नम्बरका अट्याकिङ मिड्फिल्डर फिलिपकोटिन्होको अटोग्राफ रहेको छ ।

जसमध्ये रिकी लामबर्टको अटोग्राफ भएको प्रिमियर लिगको अफिसियल फुटबललाई सगरमाथाको चुचुरोमा पठाइने भएको गोर्खा ब्रअरीले जानकारी दिएको छ । अन्य अटोग्राफ भएको बलहरुलाई प्रचार प्रसारमा उपयोग गरिने बताइएको छ ।

कार्ल्सवर्गले लिभरपुल फुटबल क्लबका खेलाडीहरुले हस्ताक्षर गरेको बारक्लेज् प्रिमियर लिग अफिसियल फुटबल प्रदर्शित गर्न पाउनु अभुतपूर्व मौका भएको कम्पनीका प्रबन्ध निर्देशक फिलिपनोर्लेले बताए । उनका अनुसार कम्पनीको लिभरपुल फुटबल क्लबसँगको सम्बन्ध सन् १९९२ देखि सुरु भएको थियो ।

यसैगरी कार्ल्सवर्गका ग्राहकहरुको अटोग्राफलाई खेलाडीले हस्ताक्षर गरेको बलसँगै सगरमाथाको चुचुरोमा पठाउने जानकारी दिएको छ । हस्ताक्षर गरिएको बल काठमाडौंका छानिएका आउटलेटहरुमा ६ हप्ताका लागि राखिने छ । कार्ल्सवर्गका उपभोक्ताले नेपालभरि रहेका २ हजार आउटलेटहरु मध्ये कुनै पनि आउटलेटमा गई आफ्नो अटोग्राफ दिएर यस क्याम्पियनमा सहभागी हुनसक्ने छन् ।

कार्यक्रम बिहीबार देखि वैशाखको तेस्रो सातासम्म लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL