बिजखबर संवाददाता
१२ चैत, काठमाडौं । विहीबार नेप्से परिसुचक ८ दशमलव ८९ अंकले ओरालो लागेको छ । बजार खुलेपछि ओरालो लागेको नेप्से परिसुचक ९ सय ४२ दशमलव ४० अंकमा आएर अडिएको छ । यो हप्ता नेप्से परिसुचक पुरै दिन ओरालो लागेको छ ।
बजारमा सवै समुहका परिसुचक ओरालो लागेको छ । जसमा सवैभन्दा बढी अन्य समुहको परिसुचक ओरालो लागेको छ । सो समुहको परिसुचक ५६ दशमलव ३८ अंकले ओरालो लागेको छ भने होटल समुहको परिसुचक ३२ दशमलव २९ अंकले घटेको छ ।
यस्तै, जलविद्युत् समुहको परिसुचक १० अंकले ओरालो लागेको छ भने बैंक वित्तीय समुहको परिसुचक सामान्य घटेको छ । २७ करोड ६१ लाख रुपैयाँ बरावरको सेयर कारोवार भएको छ । दिनभर १ सय २३ कम्पनीको ५ लाख ३५ हजार कित्ता सेयर कारोवार भएको छ ।
बजारमा सवैभन्दा बढी बीमा समुहको सेयर खरिद विक्री भएको छ । एभरेष्ट इन्स्योरेन्स कम्पीको ५ करोड ३१ लाख रुपैयाँ बरावरको सेयर खरिद विक्री भएको छ भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोड रुपैयाँभन्दा बढीको कारोवार भएको छ ।