Logo

इन्साईडर ट्रेडिङको आरोपमा युनिलिभरको सेयर कारोबार रोक्का, २४ घण्टाभित्र स्पष्टीकरण माग

इन्साईडर ट्रेडिङको आरोपमा युनिलिभरको सेयर कारोबार रोक्का, २४ घण्टाभित्र स्पष्टीकरण माग



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नियम विपरिक काम गरेको भन्दै युनिलिभर नेपालको कारोबार स्थगन गरेको छ । कम्पनीले लाभांश घोषणा गरेको लामो समयसम्मपनि नेप्सेलाई जानकारी नगराई इन्साईडर ट्रेडिङ गरेको आरोपमा कारोबार नै स्थगत गरी स्पष्टीकरण माग गरेको हो ।

युनिलिभर संचालक समितिको भदौ १२ गते बसेको संचालक लाभांश प्रस्तावको निर्णय गरेको थियो । बजारलाई प्रभाव पार्ने निर्णय तत्काल नेप्सेलाई जानकारी गराउनुपर्ने प्राबधान भएपनि युनिलिभरले भदौ २८ गते मात्र नेप्सेलाई अवगत गराइएको थियो ।

बजारलाई प्रभाव पार्ने निर्णय गरेको १६ दिनसम्म पनि नेप्सेलाई जानकारी नगराई बजारमा कारोबार गरेको भन्दै कम्पनीलाई किन कारबाही नगर्ने भन्दै २४ घण्टे स्पष्टिकरण समेत सोधेको छ ।

धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम २२ को उपविनियम १ को खण्ड (ङ) बमोजिम कारवाही किन नगर्ने ? भन्दै पत्र प्राप्त भएको २४ घन्टाभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको नेप्सेले आफ्नो वेवसाईटमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्