Logo

साताको अन्तिम दिनमा पनि नेप्सेमा दोहोरो अंकको बृद्धि, उचालियो कारोबार रकम

साताको अन्तिम दिनमा पनि नेप्सेमा दोहोरो अंकको बृद्धि, उचालियो कारोबार रकम



काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक दोहोरो अंकले बढ्न पुगेको छ । बजार खुलेदेखि नै उकालो लागेको बजार अन्तमा १४ दशमलव १३ अंकले बढ्न पुगेको हो ।

बिहीबार बजारमा परिसुचक र कारोबार रकम दुबै उकालो लागेका छन् । बुधबार ४३ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ७२ करोड रुपैयाँभन्दा माथीको कारोबार भएको छ ।

दोहोरो अंकले बढेको बजारमा प्रायःजसो समुहको परिसुचक उकालो लागेका छन् । बिहीबार अन्य समुहको परिसुचकको तुलनामा बैंकिङ समुहको परिसुचकको बृद्धि उच्च रहयो । बजारमा सबैभन्दा बढी प्रभाव रहेको सो समुहको परिसुचक १६ अंकले उकालो लागेको छ ।

यसैगरी बजारमा विकास बैंक समुहको परिसुचक ११ दशमलव २७ अंकले बढ्न पुग्यो भने होटल ३२ र अतिरक्ति समुहको परिसुचक २२ अंकले उकालो लागेको छ । तर, दोहोरो अंकले बढेको बजारमा जिवन बीमा, निर्जीवन बीमा र अतिरिक्त समुहको परिसुचकमा भने गिरावट आएको छ ।

बजारमा एनएमबी बैंक र एनआईसी एसिया बैंकले कारोबार रकम बढाएका छन् । एनएमबी बैंकको ५ करोड ९४ लाख रुपैयाँको कारोबार हुँदा एनआईसी एसियाको ५ करोड ४९ लाख रुपैयाँको खरिदबिक्री भयो । बिहीबार बढी कारोबार हुने टप १० कम्पनीहरु सबैको कारोबार रकम २ करोड माथी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This