काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको हिजो बसेको संचालक समितिको बैंकले गतबर्षको मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।
कम्पनीले हाल जारी गर्न लागेको हकप्रदले समेत उक्त बोनस पाउने गरी बोनस वितरणको प्रस्ताव गरेको हो ।
लघुवित्तले हकप्रद सेयर बाँडफाँड पश्चात चुक्ता पूँजी २३ करोड रुपैयाँ पुग्ने उक्त पूँजीको १० प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो । राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि उक्त लाभांस वितरण गरिने भएको छ ।
गत आर्थिक वर्षमा लघुवित्तले ३ करोड ७७ लाख खुद नाफा आर्जन गरेको थियो ।