बिजखबर संवाददाता
११ चैत,काठमाडौं । बुधवार सुनको मूल्य बढेर प्रतितोला ५१ हजार २ सय रुपैयाँ पुगेको छ । मंगलवार प्रतितोला ५१ हजारमा कारोवार भएको सुनको मूल्य २ सयले बढेको हो ।
त्यस्तै बुधवार चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेको छ ।
सो दिन चाँदी प्रतितोला रु.७ सय १५ मा कारोवार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । मंगलवार चाँदी ७ सय रुपैयाँमा कारोबार भएको थियो ।