काठमाडौं । महिन्द्राले नेपली बजारमा नयाँ मोडेलको म्याक्सीमो एचडी सीरीजका नयाँ ट्रक सार्वजनिक गरेको छ । कम्पनीले मंगलबार एक कार्यक्रमका बीच उक्त नयाँ ट्रक सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार उक्त ट्रकमा ८ पत्ताको बलियो सस्पेन्सन रहेको छ । साथै उक्त ट्रकले उक्त एचडी फीचरमा नयाँ सुधारका साथ एउटा प्रोफिट ट्रकका रुपमा ल्याइएको जनाएको छ ।
ट्रकले ८ सय ५० केजि भार बहन गर्न सक्ने क्षमता रहेको कम्पनीको दावी छ । उक्त् ट्रकमा २६ एचपीको इन्जिन पावर रहेकाले लामो दुरीमा गुडाउन पनि मिल्नेछ ।
महिन्द्राको उक्त नयाँ फीचरयुक्त ट्रक नेपालमा नेपालका लागि अधिकृत विक्रेता दुगड ब्रदर्स एन्ड सन्सले ल्याएको हो । उक्त ट्रक कलात्मक निलो तथा सेतो हिरा रङमा उपलब्ध छ ।