Logo

सेयर बजारमा टिकेन दोहोरो अंकको बृद्धि, इन्भेष्टमेन्टको संस्थापक सेयरले बढायो कारोबार

सेयर बजारमा टिकेन दोहोरो अंकको बृद्धि, इन्भेष्टमेन्टको संस्थापक सेयरले बढायो कारोबार



काठमाडौं । यो हप्ताको सुरुवाती २ दिनसम्म लगातार दोहोरो अंकले बढेको नेप्से परिसुचक मंगलबार खुम्चिन पुगेको छ । बजार खुलेदेखि उकालो लागेको नेप्से परिसुचक उतारचढाव हुँदै अन्तमा ३ दशमलव ९८ अंकले मात्र बढ्न पुगेको छ ।

सामान्य रुपमा बढेको बजारमा कुनै पनि समुहको परिसुचक २० अंकभन्दा माथी घटबढ हुन सकेन । मंगलबार सबैभन्दा बढी होटल समुहको परिसुचक सबैभन्दा बढी १६ अंकले बढ्न पुगेको छ ।

यसैगरी बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक ६ अंकले बढ्दा विकास बैंक समुहको परिसुचक पनि सोही अनुपातमा उकालो लागको छ । तर, बजारमा बीमा, माइक्रोफाइनान्स, जलविद्युत लगायतका समुहका परिसुचक भने घट्न पुगेका छन् ।

बजारमा कारोबार रकममा पनि गिरावट आएको छ । सोमबार ५४ करोड रुपैयाँको कारोबार भएको बजारमा मंगलबार ४२ करोड रुपैयाँको मात्र सेयर खरिदबिक्री भएको छ । कुल ५२ करोड रुपैयाँको कारोबार भएको बजारमा इन्भेष्टमेण्ट बैंकको १० करोड रुपैयाँभन्दा माथीको संस्थापक सेयर कारोबार भएको छ ।

बजारमा दिनभर १ सय ७२ कम्पनीको १७ लाख ५५ हजार कित्ता सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्