Logo

सर्वोच्चको आदेशपछि सोमबारबाट खुल्यो बाजेको सेकुवा, सरकारले लगाएको सबै ताला तोडियो

सर्वोच्चको आदेशपछि सोमबारबाट खुल्यो बाजेको सेकुवा, सरकारले लगाएको सबै ताला तोडियो



काठमाडौं । सरकारले बाजेको सेकुवामा लगाएको शिलबन्दी सोमबारबाट खुलेको छ ।

बाजेको सेकुवाको संचालक चेतनाथ भण्डारीको सुन तस्करीमा संलग्नता भएको आरोपमा जेठ ८ गते प्रहरीको अनुसन्धान विभागले शिलबन्दी गरेको थियो ।

तर, सर्वोच्च अदालतले यही भदौ १३ गते नागरिकको मौलिक हक अन्तरगत सबै शाखा खोल्न अन्तरिम आदेश दिए पछि सोमबारबाट उक्त शिलबन्दी तोडिएको हो ।

सरकारले बाजेको सेकुवाको मालिक सुन तस्करमा संलग्न रहेको र उक्त सेकुवा कर्नरमा पनि सोही पैसा लगानी भएको हुनसक्ने भन्दै सबै आउटलेट बन्द गरी अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।

तर, भण्डारीको श्रीमती नीतिमा भण्डारीले भदौं १० गते नै बाजेको सेकुवाको शाखा कानुन विपरित बन्द गराएको भन्दै खुला गर्न माग गर्दै रिट दायर गरेकी थिईन । सोही रिटमाथी सुनुवाई गर्दै सर्वोच्चले यही भदौं १३ गते नै सबै शाखा खोल्न अन्तरिम आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL