Logo

दैनिक उकालो लाग्दै डरलको मूल्य, आईतबार ११३ रुपैयाँ ८९ पैसामा कारोबार

दैनिक उकालो लाग्दै डरलको मूल्य, आईतबार ११३ रुपैयाँ ८९ पैसामा कारोबार



काठमाडौं । पछिल्लो समय दैनिक जसो अमेरिकी डलको मूल्य उच्च रुपमा बढेको छ । शुक्रबार १ सय १३ रुपैयाँ ४९ पैसामा कारोबार भएको अमेरिकी डलको मूल्य आज ४० पैसाले बढ्दै १ सय १३ रुपैयाँ ८९ पैसा पुगेर थप नयाँ रेकर्ड कायम गरेको छ ।

पछिल्लो समय नेपाली मुद्राको अबमुल्यन हुँदै अमेरिकी डलको मूल्य उच्च रुपमा बढेसँगै नेपाल भित्रने बस्तु तथा सेवाको मूल्य उच्च बढने भएको छ । डलरको मूल्य बढ्दा नेपाल भित्र्ने रेमिटान्समा बृद्धि भएपनि त्यसको तुलनामा महङ्गी अझै बढी हुने भएको छ ।

डलरको मूल्य बढ्दा रेमिटान्स तथा पर्यटन शुल्कबाट केही बढी रकम आर्जन भएपनि सोको तुलनामा उच्च आयात गर्नुपर्ने भएकाले त्यसको असर नेपाली उपभोक्ता तथा उद्योगहरुमा पर्ने देखिएको छ । स्वदेशी उद्योगमा पनि आयातित कच्चापदार्थ प्रयोग गर्नुपर्ने भएकाले उत्पादन लागत बढ्ने भएको छ ।

नजिकिदो नेपालीहरुको महान चाँड दशै तथा तिहारको समयमा डलको मूल्य बढ्दा त्यसले उपभोक्तालाई ठूलो असर पार्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL