Logo

विश्वकला परिषदको सम्मेलन सुरु, ललितपूर महानगरलाई साँस्कृतिक नगरी घोषणा गर्ने

विश्वकला परिषदको सम्मेलन सुरु, ललितपूर महानगरलाई साँस्कृतिक नगरी घोषणा गर्ने



काठमाडौं । नेपाल हस्तकला परिषद, एसिया प्रशान्त क्षेत्रको ३७ औं साधरण सभा तथा अन्तरराष्ट्रिय सम्मेलन शुरु भएको छ ।

भदौ १४ देखी १६ गते सम्म ३ दिन चल्ने उक्त सम्मेलनमा नेपालका ४० जना प्रतिनिधि लगायत ४५ देशका ६० जना प्रतिनिधिको सहभागिता रहनेछ ।

काठमाडौंको होटल अन्नपूर्णमा संचालित सो सम्मेलनको उदघाटन भने प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले गरेका हुन ।

एशिया प्रशान्त क्षेत्रभित्रको कला र शिल्पको संरक्षण र प्रवद्धन गर्ने, कलाकारहरुको जिवनस्तर उकास्ने तथा गुण्स्तरमा अभिबृद्धि गर्ने मुख्य उद्देश्य सहित सम्मेलन गरेको नेपाल हस्तकला महासँघका सदस्य किरण बहादुर खत्रीले बताएका छन ।

सम्मेलनमा सहभागि हुन भारत, चीन, कुवेत, बंगलादेश, काजकस्तान, उजबेकिस्तान, अष्ट्रेलिया, मलेसिया थाईल्याण्ड लगायतका देशबाट ६० जना प्रतिनिधि सहभागि भएका छन ।

३ दिन चल्ने सो सम्मेलनमा करिब २५ वटा स्टल रहेको छ भने सम्मेलनमा कुनै कारोबार नहुने आयोजकले जानकारी दिएको छ ।

सम्मेलन अवधिमा विश्व सम्पदा सुचिमा रहेको नेपालका एतिहासिक, साँस्कृतिक तथा धार्मिक स्थानहरुको अवलोकण भ्रमण गर्ने तथा ललितपूर महानगरलाई साँस्कृतिक नगरी घोषणा गर्ने कार्यक्रम समेत रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
MBL