Logo

बाजेको सेकुवामा सिलबन्दी नगर्न सर्वोच्चको अन्तरिम आदेश, व्यवसाय गर्न पाउने मौलिक हक

बाजेको सेकुवामा सिलबन्दी नगर्न सर्वोच्चको अन्तरिम आदेश, व्यवसाय गर्न पाउने मौलिक हक



काठमाडौँ । सर्वोच्च अदालतले बाजेको सेकुवामा सिलबन्दी नगर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले सेकुवाको शाखामा सिलबन्दी र ब्राण्ड खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

सुन तस्करी काण्डमा बाजेका सेकुवाका मालिक चेतन भण्डारी फरार छन् । तर, उनको श्रीमती नीतिमा भण्डारीले यही भदौं १० गते बाजेको सेकुवाको शाखा कानुन विपरित बन्द गराएको भन्दै खुला गर्न माग गर्दै रिट दायर गरेकी थिईन ।

सोही रिटमाथी सर्वोच्चले पेशा तथा व्यवसाय गर्न पाउने मौलिक हकको व्यवस्था अनुरुप सेकुवाको शाखा बन्द गर्ने निर्णय उचित नभएको भन्दै बन्द नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

सरकारले बाजेको सेकुवाको मालिक सुन तस्करमा संलग्न रहेको छ उक्त सेकुवा कर्नरमा पनि सोही पैसा लगानी भएको हुनसक्ने आशंकका सबै आउटलेट बन्द गरी अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL