काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
बैंक संचालक समितिको सोमबार बसेको बैंठकले सेयरधनीलाई उक्त लाभांस वितरण गर्ने घोषणा गरेको हो । जस अनुसार महालक्ष्मी विकास बैंकका सेयरधनीले ८ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांस पाउने भएका छन् ।
कम्पनीले उक्त लाभांशलाई नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी दिनमा हुने साधारणसभाबाट पारित गराएर मात्र वितरण गर्ने भएको छ ।