काठमाडौं । महिन्द्राको ‘प्लस न्यु एसयुभी ५००’ नेपाली बजारमा सार्वजनिक भएको छ ।
महिन्द्रा एन्ड महिन्द्राले उक्त कार सोमबार नेपालमा सार्वजनिक गरेको हो । आकर्षक नयाँ डिजाइनका साथ उक्त कारमा आरामदायी इन्टेरियर तथा इन्जिनमा उच्च शक्ति तथा टर्क रहेको छ ।
साथै कारमा १ सय ५५ हर्सपावरको नयाँ इन्जित जडित छ । कारमा भएको सनरुफ, स्मार्ट वाच कनेक्टीभिटी र जिपिएस नेभिगेसनले कारको आकर्षणलाई अझ बढाउँछ ।
कार सार्वजनिक कार्यक्रममा बोल्दै अग्नि समुहका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले आकर्षक मूल्य, शैली, बेजोड कार्यक्षमता प्रदर्शन र आफ्नो श्रेणीमा उत्कृष्ट सुरक्षाका कारण एसयुभि यो उचाईमा पुगेको जानकारी दिए ।
उक्त कारमा टचस्क्रिन इन्फोटेनमेन्ट, आर्कामी सहितको इनह्यान्स्ड अडियो पनि रहेका छन ।