बिजखबर संबाददाता
९ चैत,काठमाडौं । साताको दोश्रो दिन सोमवार नेप्से परिसुचक ७ दशमलव ५३ अंकले घटेको छ । जलविद्युत बाहेक अन्यको परिसुचक ओरालो लागेपछी समग्र नेप्से बजारमा नकारात्कम प्रभाव परेको हो ।
सो दिन सवैभन्दा बढी बीमा समुहको परिसुचक ५७ दशमलव ६१ अंकले घटेको छ । त्यस्तै बैंकिङ समुहको परिसुचक ८ दशमलव ३६ र विकास बैंकको ४ दशमलव ५७ अंकले घटेको छ ।
अन्य समुहको ३ दशमलव ५२, उत्पादनको ० दशमलव ९३, फाइनान्सको ० दशमलव ४४, होटल समुहको ० दशमलव १४ अंकले घटेको छ । यता जलविद्युत समूहको परिसुचक भने ४ दशमलव ५३ अंकले बढेको छ ।
१ सय ३३ कम्पनीको ४ लाख ९३ हजार कित्ता सेयरबाट १९ करोड ८७ लाखको कारोवार भएको छ ।