Logo

सौर्य एयरलाईन्समा भित्रियो नयाँ व्यवस्थापन, बुधबारदेखि पुनः संचालनमा

सौर्य एयरलाईन्समा भित्रियो नयाँ व्यवस्थापन, बुधबारदेखि पुनः संचालनमा



काठमाडौं । विगत १ महिनादेखि बन्द रहेको सौर्य एयरलाईसन्स पुनः संचालनमा आएको छ । आर्थिक अभावको कारणले आफ्नो सेवा स्थगन गरेको सौर्य एयरलाईन्सले नयाँ व्यवस्थापन भित्राई आज देखि पुनः संचालनमा ल्याएको हो ।

एयरलाईन्सले क्यानाडामा निर्मित बमबारडियर जेट जहाजबाट बिराटनगर, भैरहवा, भद्रपुर, नेपालगञ्ज र धनगढीमा नियमित उडान भर्ने भएको छ ।

साथै कम्पनीले दशैं अघि नै ७० सिट क्षमताको सीआरजेड नयाँ जहाज ल्याएको उडान भर्ने कम्पनीका बजार व्यवस्थापन मुकेश खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL