Logo

टाटा मोटर्सको ‘आफ्नो गाडी आफै सवारी अभियान’, तालीम सहित ३० प्रतिशत डाउनपेमेन्टमा गाडी

टाटा मोटर्सको ‘आफ्नो गाडी आफै सवारी अभियान’, तालीम सहित ३० प्रतिशत डाउनपेमेन्टमा गाडी



काठमाडौं । टाटा मोटर्सको नेपाल स्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ‘आफ्नो गाडी आफै सवारी’ नामक अभियान सुरु गरेको छ ।

कम्पनीले रोजगारीको अवसर सिर्जना गरिरहेका युवाहरुलाई लक्षित गरी उक्त अभियान सुरु गरेको जानकारी दिएको छ । उक्त अभियान अन्तरगत ग्राहकले टाटा सुमो खरिद गर्दा ३० प्रतिशत डाउनपेमेन्टमा उपलब्ध गराउने भएको हो ।

साथै कम्पनीले उक्त सुमोको खरिदकर्ताले चाहेको खण्डमा ड्राईभिङ तालीम, निशुल्क मेकानिकल तालिम, सुलभ फाइनान्स तथा १ बर्षसम्मको इन्स्योरेन्सको सुविधा पनि उपलब्ध गराउने भएको हो ।

साथै यस अभियान अन्तरगत कम्पनीले अहिलेका युवालाई लक्षित गरी अभियान ल्याएको हुनाले बैदेशिक रोजगारीमा जाने युवामा कमि आउने कम्पनीको बुझाई छ । समाजका लागि यस्तो रोजगारीमुलक अभियानको सुरुवात गरेकोमा गर्व महसुस गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्