Logo

मेरो माइक्रो फाइनान्समा ग्लोबल आईएमई र देव विकास बैंकबाट फेरिए संचालक, राणा गईन राजा आए

मेरो माइक्रो फाइनान्समा ग्लोबल आईएमई र देव विकास बैंकबाट फेरिए संचालक, राणा गईन राजा आए



काठमाडौं । मेरो माइक्रोफाइनान्सको संचालक परिवर्तन भएको छ । उक्त फाइनान्सको संचालक समितिमा ग्लोबल आईएमई बैंक र देव विकास बैंकबाट प्रतिनिधित्व गर्ने संचालकहरु परिवर्तन भएका हुन् ।

यस मेरो माइक्रोफाइनान्सको संचालकमा ग्लोबल आईएमई बैंकको तर्फबाट आरती राज्यलक्ष्मी राणाले प्रतिनिधित्व गर्दै आएकोमा उनको स्थानमा राजा अर्याललाई पठाइएको छ ।

यसैगरी देव विकास बैंकको तर्फतबाट परिवर्तन गर्ने नरेससिंह बोहोरालो पनि राजीनामा दिएका छन् । माइक्रोफाईनान्स संचालक समितिले बोहोराको राजीनामा स्वीकृति गरेपनि उनको स्थानमा अर्का संचालक भने नियुक्त भएका छैनन ।

प्रतिक्रिया दिनुहोस्
MBL