काठमाडौं । सोमबार बजारमा नेप्से परिसुचक सामान्य ओरालो लागेको छ । अघिल्लो दिन नेप्से परिसुचक उकालो लाग्दा कारोबार रकम घटेकोमा आज ठिक त्यसको विपरित नेप्से परिसुचक घट्दा कारोबार रकम बढेकोे छ ।
सोमबार बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा शुन्य दशमलव ४४ अंकले मात्र घट्न पुगेको छ । बजारमा नेप्से परिसुचक ओरालो लागेपनि कारोबार रकम भने बढ्न पुगेको छ । घट्दो बजारमा कारोबार रकम १० करोड रुपैयाँले बढ्दै २९ करोड ६१ लाख रुपैयाँ पुगेको छ ।
बजारमा बीमा, माइक्रोफाइनान्सलगायतका समुहको परिसुचक ओरालो लागेका छन् । तर, कुनै पनि समुहका परिसुचक २० अंकभन्दा बढिले घटवढ भएका छैनन् । सोमबार सबैभन्दा बढि बीमा समुहको परिसुचक ओरालो लाग्न पुग्यो । जीवन बीमा समुहको परिसुचक २० अंकले घट्दा निर्जीवन बीमा समुहको परिसुचक १५ अंकले घट्न पुग्यो ।
सामान्य अंकले ओरालो लागेको बजारमा बैंक, उत्पादनमुलक, विकास बैंक तथा फाइनान्स समुहको परिसुचक भने सामान्य बढ्न पुगेका छन् । दिनभर कुल १ सय ७० कम्पनीको १२ लाख ८४ हजार कित्ता सेयर खरिदबिक्री भए ।