Logo

नियम विपरित बैंकमा पैसा जम्मा गर्ने म्युचुअल फण्ड कारबाहीमा, ४ कोष व्यवस्थापकसँग स्पष्टिकरण माग

नियम विपरित बैंकमा पैसा जम्मा गर्ने म्युचुअल फण्ड कारबाहीमा, ४ कोष व्यवस्थापकसँग स्पष्टिकरण माग



काठमाडौं । धितोपत्र बोर्डले नियम बिपरित बैंकमा पैसा जम्मा गर्ने म्युचुअल फण्डसँग स्पष्टिकरण माग गरेको छ । स्थलगत अनुगमनको क्रममा सीमा भन्दा बढि रकम बैंकमा निक्षेपमा लगानी गरेको पाईएपछि बोर्डले त्यस्ता कोष व्यवस्थापन गर्ने संस्थासँग कारबाहीका लागि स्पष्टिकरण माग गरेको हो ।

सामुहिक लगानी कोष नियमावली अनुसार आफ्नो कुल सम्पतीको १० प्रतिशतभन्दा बढि रकम निक्षेपमा जम्मा गर्न नपाईनेमा सोभन्दा बढि जम्मा गरेको भेटिएपछि कारबाही प्रक्रिया अघि बढाएको बोर्डले जानकारी दिएको छ ।

तोकिएको सीमाभन्दा बढि रकम जम्मा गर्ने म्युचुअल फण्डको कोष व्यवस्थापकलाई बोर्डले १५ दिने स्पष्टिकरण सोधेको छ । बोर्डका अनुसार सिटिजन म्युचुअल फण्ड(१ को योजना व्यवस्थापक सिबिआइएल क्यापिटल, एनएमबी म्युचुअल फण्ड(१ अन्तर्गतको एनएमबी सुलभ इन्भेष्टमेन्ट(१, एनएमबी हाइब्रिड फण्ड(१ को योजना व्यवस्थापन एनएमबी क्यापिटल, लक्ष्मी म्युचुअल फण्ड अन्तरगतको लक्ष्मी इक्वीटी फण्ड, लक्ष्मी भ्यालू फण्ड(१ को योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र एनआइसी एशिया म्युचुअल फण्ड अन्तर्गतको एनआइसी एशिया ग्रोथ फण्डको योजना व्यवस्थापक एनआइसी एशिया क्यापिटलसँग स्पष्टीकरण मागिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL