Logo

सातामा नेप्से परिसुचक १० अंकले घट्यो, रू. ८४ करोडको मात्र कारोवारमा

सातामा नेप्से परिसुचक १० अंकले घट्यो, रू. ८४ करोडको मात्र कारोवारमा


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

६ चैत, काठमाडौं । यो साता नेप्से परिसुचक १० दशमलव ३० अंकले घटेको छ । साताको पहिलो दुइ दिन नेप्से परिसुचक उच्च रुपमा घटेपछि समग्र साताभरी नै घटेको हो ।

साताको पहिलो दिन नेप्से परिसुचक ७ दशमलव ७६ अंकले ओरालो लागेको थियो । यसैगरी, सोमवार पनि ११ अंकभन्दा बढीले घटेको थियो । त्यसवाहेकमा अन्य दिन नेप्सेपरिसुचक उकालो लागेपनि अन्तत घट्न गएको थियो ।

सातको तेस्रो दिन मंगलबार नेप्से परिसुचक ४ दशमलव ३२ अंकले बढेको थियो । त्यस्तै बुधबार जिरो दशमलव ७८ अंकले बढेको थियो भने अन्तिम दिन विहीबार ३ दशमलव ३८ अंकले उकालो लागेको थियो ।

यो साता कारोवार रकममा पनि गिरावट आएको छ । गत साता ४ दिनमात्र बजार खुल्दा १ अर्व ५ करोड रुपैयाँ बरावरको सेयर कारोवार भएको थियो । तर, यो साता पाँचै दिन बजार खुल्दा पनि जम्मा ८४ करोड ८२ लाख रुपैयाँ बरावरको मात्र सेयर किनवेच भएको छ ।
साताको पहिलो दिन सवैभन्दा कम कारोवार भएको थियो । आइतबार १० करोड ९८ लाख रुपैयाँको मात्र सेयर खरिदविक्री भएको थियो । साताको अन्तिम दिन सवैभन्दा बढी २० करोड ६ लाख रुपैयाँको सेयर किनवेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL