Logo

साताको अन्तिम दिन पनि ओरालो लाग्यो नेप्से, सुध्रिएन कारोबार रकम

साताको अन्तिम दिन पनि ओरालो लाग्यो नेप्से, सुध्रिएन कारोबार रकम



काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक ओरालो लागेको छ । बजार खुलेको केही समय सामान्य बढेपनि अन्तमा नेप्से परिसुचक ३ दशमलव १५ अंकले घट्न पुगेको छ ।

बिहीबार बजारमा होटल बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढि बीमा समुहको परिसुचक ओरालो लागेको छ । जीवन बीमा समुहको परिसुचक ४९ अंकले घट्दा निर्जीवन जीवन बीमा समुहको परिसुचक २७ अंकले ओरालो लागेको छ ।

यसैगरी बजारमा लघुवित्त र जलविद्युत समुहको परिसुचक क्रमश १५/१५ अंकले घट्दा बैंकिङलगायतका समुह भने सामान्य ओरालो लागेको छ ।

साताको अन्तिम दिन अघिल्लो दिनको तुलनामा कारोबार रकम सामान्य बढेपनि २० करोड रपैयाँभन्दा माथी जान सकेन । दिनभर कुल १९ करोड ३० लाख रुपैयाँको मात्र सेयर कारोबार भएको छ । जसमा १ सय ६३ कम्पनीको ७ लाख ९२ हजार कित्ता सेयर खरिदबिक्री भए ।

बिहीबार नबिल बैंकको मात्र १ करोड रुपैयाँभन्दा माथीको सेयर कारोबार भएको थियो । अन्य कम्पनीले १ करोड रपैयाँ छुन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्