काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सेयर जिल्ला बाहिर बाट पनि भर्न पाइने भएको छ ।
केही समय अघि स्थानीयले जिल्ला बाहीरबाट पनि सेयर भर्न पाउनु पर्ने भन्दै विरोध जनाएको थियो ।
स्थानीयको विरोधलाई सम्बोधन गर्दै धितो पत्रबोर्डले जिल्ला बाहिरबाट पनि सेयर भर्न पाउने ब्यवस्था गरेको हो ।
बोर्डले सम्बोधन गरे पछि जिल्लाबाहिरबाट समेत प्रभावितहरुले सेयरमा आवेदन दिन पाइने भएको छ ।
त्यसैगरी बोर्डले विदेशमा रहेका जिल्लाबासीका लागि भने सक्कली विद्युतीय हस्ताक्षरका आधारमा सेयर भर्न पाउने व्यवस्था गरिएको छ ।
बोर्डले सेयर भर्ने मिति भने पुरानै मितिलाई कायम गरिएको छ । कम्पनीको सेयर भर्ने समय यही साउन १६ देखि भदौ १४ गतेसम्म तोकेको छ ।