Logo

हाथवे फाइनान्सको सिईओमा सुवास पौडेल नियुक्त, बैंकिङ क्षेत्रमा १५ बर्षे अनुभव

हाथवे फाइनान्सको सिईओमा सुवास पौडेल नियुक्त, बैंकिङ क्षेत्रमा १५ बर्षे अनुभव



काठमाडौं । हाथवे फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा सुवास पौडेल नियुक्त भएका छन् । कम्पनी संचालक समितिको यही साउन ४ गते बसेको बैंठकले उनलाई सिईओमा नियुक्त गरेको हो ।

हाथवेका यस अघिका सिईओ बिष्णु पाण्डेले छाडेसँगै कम्पनी संचालक समितिले पौडेललाई नियुक्त गरेको हो ।

सन् २००४ बाट नेपाल क्रेडिट एण्ड कमर्श बैंकबाट बैंकिङ करिअर सुरु गरेका पौडेलले मुक्तनाथ विकास बैंकमा कम्पनी सचिव हुँदै सेकेन्ड म्यान समेत भएर काम गरेका थिए । त्यसपछि उनले कन्काई विकास बैंकमा सिईओ भएर ४ बर्षसम्म कमाण्ड सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL