Logo

स्प्राइटको युवा लक्षित उपहार योजना, सामसुङ ग्यालेक्सी जेवान जित्न सकिने

स्प्राइटको युवा लक्षित उपहार योजना, सामसुङ ग्यालेक्सी जेवान जित्न सकिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

५ चैत,काठमाडौं । स्प्राइटले ‘जसले खोल्यो क्लियर बोल्यो’ योजना सञ्चालनमा ल्याएको छ । सो योजनामा सामसुङ ग्यालेक्सी जेवान जित्न सक्नेछन् । २ महिनासम्म लागु हुने सो योजनाले विशेष गरि युवाहरुलाई, क्लियर सोच्न र बोल्न प्रोत्साहान गर्ने बोटलर्स नेपालको दावी छ ।

यस योजनामा भाग लिनका लागि ग्राहकहरुले १ लि., १.५ लि. अथवा २.२५ लि.को स्प्राइट, कोका–कोला वा फ्यान्टा खरिद गरि बोतलको बिर्को मुनि भएको युनिक कोडलाई एसएमएस गर्नुपर्ने छ ।

यो बिजेता लक्की ड्र मार्फत छानिने छ । योजनामा १८ वर्ष भन्दा माथिका सबै नेपालीहरुले भाग लिन पाउनेछन् । यो योजना कोका–कोला, स्प्राइट र फ्यान्टाको १ लि, १.२५ लिअथवा २.२५ लिको बोतलको बिर्कोमा मात्र लागू हुने बताइएको छ ।
। बोतलको बिर्को मुनि भएको ९ अंकको युनिककोडलाई ६६२२ मा एसएमएस. गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्