Logo

नेप्से परिसुचक सामान्य बढ्यो, १९ करोडको मात्र कारोवार

नेप्से परिसुचक सामान्य बढ्यो, १९ करोडको मात्र कारोवार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

४ चैत, काठमाडौं । बुधबार नेप्से परिसुचक सामान्य मात्र बढेको छ । बजार खुलेको केही समय ओरालो लागेको नेप्से अन्तमा जिरो दशमलव ७८ प्रतिशतले बढेको छ । बजारमा नेप्से परिसुचक समान्य बढेर ९ सय ६४ दशमलव २४ अंकमा पुगेको छ ।

बजारमा बैंकिङ र फाइनान्स समुह बाहेक अन्य समुहको परिसुचक उकालो लागेको छ । बुधबार सवैभन्दा बढी बीमा समुहको परिसुचक ३१ अंकले बढेको छ भने होटल समुहको परिसुचक पनि २३ दशमलव ९९ अंकले बढेको छ । यस्तै, जलविद्युत्, विकास बैंक र उत्पादनमुलक समुहको परिसुचक भने सामान्य बढेको छ । बैंकिङ र अन्य समुहको परिसुचक भने सामान्य घटेको छ ।

दिनभर कुल १९ करोड रुपैयाँको मात्र सेयर कारोवार भएको छ । कुल १ सय ३९ कम्पनीको ५ लाख ४५ हजार कित्ता सेयरमात्र खरिदविक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL