Logo

चेम्बर बरिष्ठ उपाध्यक्ष मल्लले भने, ‘सरकार र निजीक्षेत्रको सहकार्य बीना आर्थिक सम्बृद्धि असम्भव’

चेम्बर बरिष्ठ उपाध्यक्ष मल्लले भने, ‘सरकार र निजीक्षेत्रको सहकार्य बीना आर्थिक सम्बृद्धि असम्भव’



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ले निजी क्षेत्र र स्थानीय सरकारको संयोजन तथा साझेदारिता र सहकार्य बिना राष्ट्रले समृद्धी हासिल गर्न नसक्ने बताएका छन् । दोलखा चेम्बर अफ कमर्सको प्रथम बार्षिक साधारणसभामा बोल्दै उनले सो कुरा बताएका हुन् ।

दोलखा जिल्लाको प्राकृतिक सम्पदाको भरपुर उपयोगको लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय लगानी महत्वपूर्ण हुने भन्दै सोही अनुरुप लगानी आकर्षिक गर्न आग्रह गरेका छन् । ‘दोलखा जिल्लामा रहेको प्राकृतिक श्रोत र साधनको बिस्तृत अध्ययन गरेर त्यसको अवस्था अनुसार मेघा, मध्यम तथा लघु परियोजना संचालन गर्नुपर्छ,’ उनले भने, ‘सो कार्यका लागि जिल्लाका सम्पूर्ण उद्योगी व्यवसायीहरु नेपाल चेम्बर अफ कमर्समा आबद्ध भएर अघि बढ्न जरुरी छ ।’

जलबिद्युत, कृषि र जडिबुटीमा दोलखा अग्रस्थानमा रहेको भन्दै उनले सो क्षेत्रमा दोलखा देशकै नमुना जिल्ला बन्नुपर्ने बताए । साथै सो कार्यका लागि दोलखा चेम्बर अफ कमर्सले महत्वपूर्ण दायित्व निर्बाह गर्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा जिल्लाका सरकारी कार्यालयका प्रतिनिधि, नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य राष्ट्र भुषण चाकुबजी र नेपाल चेम्बर अफ कमर्सक निर्देशक डा।. भगवान खड्काको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL