Logo

महालक्ष्मी इन्स्योरेन्सलाई लाइसेन्स दिन सर्वोच्च अदालतको आदेश

महालक्ष्मी इन्स्योरेन्सलाई लाइसेन्स दिन सर्वोच्च अदालतको आदेश



काठमाडौं । सर्वोच्च अदालतले महालक्ष्मी लाईफ इन्स्योरेन्सलाई लाइसेन्स दिन बीमा समितिको नाममा परमादेश जारी गरेको छ । सर्वोच्चले महालक्ष्मीलाई प्रक्रिया पुर्याएर लाइसेन्स दिन आदेश जारी गरेको हो ।

तोकिएको समयमा पूँजी नपुर्र्याको भन्दै बीमा समितिले महालक्ष्मीलाई लाईसेन्स दिन रोक लगाएको थियो । बीमा समिमितले रोक लगाएपछि महालक्ष्मी इन्स्योरेन्सका तर्फबाट मनोरञ्जन रमण शर्माले सर्वोच्च अदालतमा असोजमा रिट दायर गरेका थिए ।

सोही रिटमाथी आज सुनुवाई गर्दै सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायधिश दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले प्रक्रिया पुयाएर लाईसेन्स दिन परमादेश जारी गरेको हो ।

तोकिएको समयमा पूँजी पुर्याउन नसकेपछि महालक्ष्मीले बीमा समिति समक्ष सोका लागि समय सिमा र संस्थागत लगानीकर्ता परिवर्तनका लागि आवेदन दिएको थियो । समितिले उक्त आवेदनलाई अस्विकार गर्दै लाईसेन्स दिन रोक लगाएको थियो ।

सर्वोच्च अदालतको परमादेशसँगै अबका दिनमा महालक्ष्मी इन्स्योरेन्सले लाईसेन्स पाउने बाटो खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL