Logo

साढे ११ अंकले घट्यो नेप्से, कारोवार रकममा पनि गिरावट

साढे ११ अंकले घट्यो नेप्से, कारोवार रकममा पनि गिरावट


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
२ चैत,काठमाडौं । साताको दोश्रो दिन सोमवार पनि सेयर बजार ओरालो लागेको छ । आइतवार करिव ८ अंकले घटेको नेप्से परिसुचक सो दिन साढे ११ अंकले घटर ९ सय ५९ मा झरेर बजार बन्द भएको छ ।

होटल समुह बाहेक अन्यमा गिरावट आएपछी समग्र नेप्से बजार नै प्रभावित बनेको हो । ।

कारोवारमा आएकामध्ये बीमा समूहको परिसुचक सवैभन्दा बढी २० दशमलव ८२ अंकले घटेको छ । त्यस्तै अन्य समुह र जलविद्युतको परिसुचक क्रमश १८ दशमलव ७९ र १८ दशमलव ०५ अंकले घटेको छ । विकास बैंकको १२ दशमलव ८६, बैंकको ११ दशमलव १९, फाइनान्सको १ दशमलव ३१ र उत्पादन समुहको परिसुचक ० दशमलव ०७ अंकले गिरावट आएको छ ।

यता होटल समुहको परिसुचक भने ५ दशमलव ८३ अंकले बढेको छ । सो दिन १ सय ४० कम्पनीको ४ लाख ५३ हजार कित्ता सेयर किनवेच बाट १७ करोड १३ हजारको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL