Logo

कोकोकोलालाइ ‘वाटर प्राइज’ सम्मान, जलस्रोत संरक्षणका लागि प्रोत्साहन

कोकोकोलालाइ ‘वाटर प्राइज’ सम्मान, जलस्रोत संरक्षणका लागि प्रोत्साहन


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१ चैत,काठमाडौं । कोका कोलाले ‘२०१५ वाटर प्राइज’ जितेको छ । विश्वव्यापी रुपमा जलस्रोत संरक्षण र पुनःपूर्तिका लागि पुर्याएको योगदानका लागि यूएस वाटर एलाएनसले सो सम्मान प्रदान गरेको हो ।

कोका–कोलाले २०२० सम्ममा प्रयोग भएका सबै पानी पुनःपूर्ति गर्ने लक्ष्य लिएको छ । हालसम्म विभिन्न योजनाहरु मार्फत उत्तर अमेरीकाको ६० प्रतिशत पानी पुनःपूर्ति गरिसकेको बताइएको छ ।

यूएस वाटर अलाएन्सले कम्पनीहरुलाई पानीको महत्व बुझ्न र प्रवद्र्न गर्नका साथै जलस्रोत संरक्षणका लागि प्रोत्साहन गर्न वाटर प्राइजको स्थापना गरेको हो । युसवा संचालक समितिका अध्यक्ष डिक च्याम्पियनका अनुसार प्रविधि, सहकार्य र शिक्षाका माध्यमबाट यी कम्पनीहरुले अमेरीकाको जलश्रोतको भविष्य सुरक्षित गर्न मद्दत गर्दैछन् । विजेताहरु म्युनिसिपल, नन–प्रोफीट र बिजनेसका आधारमा छानिएका थिए ।

कोकाकोलाको उत्तर अमेरीकाका जल संरक्षण प्रबन्धक जोन ¥याड्केले भने, ‘हामीले स्थानीय सामाजिक संस्थाहरुको मद्दतबाट पानी पुनःपूर्तिका लागि विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएका छौँ ।’ विभिन्न सहकार्यहरुको माध्यमबाट उत्तर अमेरीकामा १सय वटाभन्दा बढी पानी पुनःपूर्तिका कार्यक्रमहरु गर्न लागेको उनले जानकारी दिए ।

कोका–कोलाले नेपालमा पनि यस्तै जलस्रोतको संरक्षणका कार्यहरु गर्दै आएको छ । कोका–कोलाले काठमाडौँमा पुलचोक इन्जिनियरिङ कलेज, साझा यातायात र विभिन्नसरकारी विद्यालयहरुमा गरेर ४० हजार किलो लिटरको वाटर रिचार्ज प्लान्टको स्थापना गरेको छ ।

नेपालमा कोका–कोलाले यूनएन हेबिटाट को सपोर्ट माइ स्कुल अभियान, अन्तर्गत १४ वटा समुदायका स्कुलहरुमा आधारभुत सुविधा प्रदान गर्नका लागि र खाने पानीको पहुँच बढाउनका लागि “सेफ वाटर प्रोजेक्ट” आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL