Logo

जी मनी ट्रान्सको शाखा कोरियामा, रकमान्नतर गर्न एटीएम धाउनु नपर्ने

जी मनी ट्रान्सको शाखा कोरियामा, रकमान्नतर गर्न एटीएम धाउनु नपर्ने



काठमाडौं । जी मनी ट्रान्सले बिहीबार देखी जिम्हीमा शाखा विस्तार गरेको छ ।

अटो डेविट मोबाईल एप र अटो सेण्ड कार्ड सेवा दिँदै आएको मनी ट्रान्सले कोरियाको जिम्हीमा शाखा विस्तार गरेको हो ।

यस अघि अनसान र डोन्डागेउमन शाखा सहित विभिन्न घुम्ती शिविरबाट सेवा प्रदान गर्दै आईरहेको थियो ।

शाखा विस्तार सँगै जिम्ही, बुसान, डेइगु, याङघासान लगायतका क्षत्रका सेवाग्राही लाभावित हुने मनि ट्रान्सले अपेक्षा लिएको छ ।

जी मनी ट्रान्स कोरिया बाट पठाएको पैसा सिटि एक्सप्रेसका केन्द्रहरुबाट प्राप्त गर्न सकिनेछ ।

जि मनीको मोबाईल एप घरमै बसेर दर्ता गर्न सकिने तथा अटो डेविटको सुविधा भएकाले पैसा रकमान्नतर गर्न एटीएम धाउनु नपर्ने जी मनी ट्रान्सले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL