Logo

दैनिक सेयर कारोबार रकम तीन बर्ष यताकै न्यून, सेयर पूँजीकरण ३ खर्बले घट्यो

दैनिक सेयर कारोबार रकम तीन बर्ष यताकै न्यून, सेयर पूँजीकरण ३ खर्बले घट्यो



काठामाडौं । सेयर बजार ओरालो लागेसँगै सेयर कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ । अघिल्ला बर्षहरुका दैनिक औषत कारोबार करिब ९० करोड रुपैयाँको हाराहारीमा हुँदै आएकोमा चालू आर्थिक बर्षको खस्किँदै ५७ करोड रुपैयाँमा सिमिति भएको छ ।

धितोपत्र बोर्डका अनुसार आर्थिक बर्ष २०७२/७३ मा औषत दैनिक कारोबार ७० करोड ६६ लाख रुपैयाँ रहेको थियो । त्यस्तै आब २०७३/७४ मा उच्च रुपमा बढ्दै यस्तो कारोबार ८९ करोड १७ लाख रुपैयाँ पुगेको थियो । तर, चालू आर्थिक बर्षको बैशाखसम्म आईपुग्दा औषत दैनिक कारोबार रकममा उल्लेख्य गिरावट आएको हो ।

सो अबधिसम्म आईपुग्दा धितोपत्र बजारको पूँजीकरणमा पनि उल्लेख्य गिरावट आएको छ । आब २०७२/७३मा धितोपत्र बजारको कुल पूँजीकरण १८ खर्ब ९० अर्ब रुपैयाँ रहेकोमा चालू आबमा आईपुग्दा करिब ३ खर्ब २० अर्ब रुपैयाँले गिरावट आउँदै १५ खर्ब २० अर्ब रुपैयाँले गिरावट आएको छ ।

यसैगरी सो अबधिमा कुल ग्राह्स्थ्य उत्पादनमा बजार पूँजीकरणको हिस्सामा पनि उल्लेख्य गिरावट आएको बोर्डले जानकारी दिएको छ । अघिल्लो आर्थिक बर्षमा कुल ग्राह्स्थ्य उत्पादनमा बजार पूँजीकरणको प्रतिशत ८४ दशमलव १० पुगेकोमा चालू आबमा आईपुँदा उल्लेख्य गिरावट आउँदै ६० दशमलव ४० प्रतिशतमा खुम्चिएको छ ।

सो अबिधिमा सेयर बजारको प्रायः जसो सुचकांकहरुमा गिरावट आएको छ । तर, सेयर कारोबार संख्यामा भने बृद्धि भएको छ । आर्थिक बर्ष २०७२/७३ मा सेयर कारोबार संख्या ८ लाख ३० हजार रहेकोमा गत आबमा बढेर १३ लाख ५७ हजार पुगेको थियो । तर, चालू आबमा आईपुग्दा यो संख्या बढेर १५ लाख ७० हजार पुगेको छ ।

पछिल्लो समय धितोपत्र बोर्डले प्राथमिक सेयर निष्काशनमा आवेदन दिँदा अनिवार्य १० कित्ता पर्ने व्यवस्था गरेसँगै सेय कारोबार संख्यामा बृद्धि भएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘पछिल्लो समय बजारमा १० कित्ते लगानीकर्ताको हाबी भएको छ,’ एक लगानीकर्ताले भने, ‘जसले गर्दा बजारमा कारोबार रकममा उल्लेख्य गिरावट आउँदा पनि कारोबार संख्या भने बढ्न गएको हो ।’

प्रतिक्रिया दिनुहोस्