बिजखबर संवाददाता
२९ फागुन, काठमाडौैं । स्थानीय बजारमा सुन प्रतितोला २ सय रुपैयाँले बढेको छ ।
नेपाली बजारमा सुन प्रतितोला ५० हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
स्थानीय बजारमा चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला ६ सय ७० रुपैयाँमा कारोवार भइरहेको छ ।