काठमाडौं । सुनको मूल्य पछिल्लो २४ दिनमा प्रतितोला १ हजार रुपैंयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासंघले पछिल्लो २४ दितनमा सुनको मूल्य घट्दै प्रतितोला ५८ हजार २ सयमा किनबेच भइरहेको जानकारी दिएको छ ।
जेठ महिनाको पहिलो दिन ५९ हजार २ सय रुपैँयामा किनबेच भइको सुन २४ गतेसम्म आईपुग्दा प्रतितोला १ हजारले घट्दै ५८ हजार २ सय रुपैयाँमा किनबेच भएको हो । तर, बिहीबार भने सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ ।
त्यस्तै चाँदी प्रतितोला ७ सय ७० रुपैयाँमा किनवेच भइरहेको छ । चाँदीको मूल्य पनि अघिल्लो दिनको भन्दा ५ रुपैयाँले बढेको हो । बुधबार चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमा किनबेच भइरहेको थियो ।