Logo

आन्दोलनरत सेयर लगानीकर्तालाई अर्थ मन्त्रीले दिएनन् भेट, बिना निष्कर्ष टुङ्गियो वार्ता

आन्दोलनरत सेयर लगानीकर्तालाई अर्थ मन्त्रीले दिएनन् भेट, बिना निष्कर्ष टुङ्गियो वार्ता



काठमाडौं । आन्दोलनरत सेयर लगानीकर्ता संघसंस्थाका पदाधिकारीलाई अर्थ मन्त्री डा. युवराज खतिवडाले भेट नै दिएनन् । सरकारले सेयर कारोबार तथा हकप्रद र बोनस सेयरमा अब्यवहारिक रुपमा पूँजीगत लाभकर लगाएको भन्दै आन्दोलनरत लगानीकर्ता र अर्थ मन्त्रालयबीच वार्ता भनिएपनि उनीहरुलाई अर्थ मन्त्रीले भने भेट दिएनन् ।

आन्दोलतरत लगानीकर्ताले अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढङ्गानासँग वार्ता गरी फर्किए । आजै अर्थ मन्त्रीलाई भेट गरी हकप्रद र बोनस सेयरमा लाग्ने कर हटाउने जोडबलका साथ अर्थ छिरेका आन्दोलनरत लगानीकर्तालाई अर्थ मन्त्रीले भेट नदिएपछि अन्तत निरास भएर फर्किन बाध्य भए ।

आन्दोलनरत लगानीकर्ता र राजस्व सचिवको वार्ता भएपनि सो सम्बन्धमा कुनै ठोस निर्णय नभएको अर्थका एक अधिकारीले जानकारी दिए । ‘वार्ताका लागि आएका आन्दोलनरत लगानीकर्ताले राजस्व सचिवसँग आफ्नो गुनासो राखे,’ ती लगानीकर्ताले भने, ‘उक्त मागहरु राजस्व सचिवले अर्थमन्त्री ज्यूलाई सुनाईदिन्छु भएको छ तर अरु कुनै ठोस निर्णय भएन ।’ राजस्व सचिव आन्दोलनरत लगानीकर्ताबीच भेटवार्ता भएपनि कुनै ठोस निष्कर्ष नआएको समेत उक्त अधिकारीको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL