Logo

सेयर लगानीकर्ता सम्बद्ध संस्थालाई साधारण लगानीकर्ताको झापड, बन्दको घोषणा गर्दा कारोबार रकम झन बढ्यो

सेयर लगानीकर्ता सम्बद्ध संस्थालाई साधारण लगानीकर्ताको झापड, बन्दको घोषणा गर्दा कारोबार रकम झन बढ्यो



काठमाडौं । सेयर लगानीकर्ता सम्बन्धी विभिन्न संघसंस्थाले सरकरको निर्णय विरुद्ध सेयर कारोबार नगर्ने निर्णय गरेपनि ठिक त्यसको विपरित साधारण लगानीकर्ताले भने कारोबारलाई झनै तीब्रता दिएका छन् । सेयर लगानीकर्ता सम्बन्धी संस्थाहरु, नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ, नेपाल र नेपाल पूँजीबजार लगानीकर्ता संघले संयुक्त विज्ञप्ती जारी गर्दै आजैका मितिदेखि सेयर कारोबार ठप्प पार्ने निर्णय गरेपनि साधारण लगानीकर्ताले भने सेयर खरिदबिक्रीलाई अझै तीब्रता दिएका छन् ।

ती वटै संघसंस्थाले पूँजी बजार सम्बन्धमा सरकारले ल्याएको अब्यवहारिक निर्णय खारेज नभएसम्म कुनै पनि सेयर कारोबार नगर्ने र नगर्नका लागि अन्य लगानीकर्तालाई आग्रहक गर्दै विज्ञप्ती जारी गरेका छन् । पूँजी बजार सम्बन्धी संघसस्थाले सेयर कारोबार नगर्न विज्ञप्ती जारी गरिरहँदा स्वतन्त्र लगानीकर्ताले भने ठिक त्यसको विपरित कारोबार बढाइरहेका छन् ।

हाल आन्दोलनरत लगानीकर्ता संघसंस्थाका प्रतिनिधिभने सरकारले थप लगाएको कर हटाउने सम्बन्धमा अर्थ मन्त्रालयका उच्च अधिकारीसँग वार्तामा रहेका छन् । तर, उक्त कर हटाउने सम्बन्धमा अर्थले हालसम्म कुनै कदम अघि बढाउने संकेत नदिएको समेत सम्बद्ध स्रोतको भनाई थियो । सेयर लगानीकर्ता सम्बन्धी संघसंस्थाका प्रतिनिधिले सो सम्बन्धमा अर्थ मन्त्री डा.युवराज खतिवडासँगै भेटेर वार्ता गर्न चाहेपनि खतिवडाले उनीहरुलाई समय नदिएको समेत अर्थ स्रोतले जानकारी दिएको छ ।

१ बजेसम्मको अवस्थामा लगानीकर्ताले नेप्से परिसुचक बढाउँदै ३ अंकले बढाउँदै करिब १५ करोड रुपैयाँको सेयर खरिदबिक्री गरिसकेका छन् । सो समयसम्म बजारमा सबैभन्दा अगाडि सेयर कारोबार भएको मेगा बैंकको सेयर खरिदबिक्री नै सबैभन्दा बढि हरेको छ ।

प्रतिक्रिया दिनुहोस्