Logo

पल्पी ब्रान्डको नयाँ जुस बजारमा, कच्चा पदार्थको भन्सार घटाउन माग

पल्पी ब्रान्डको नयाँ जुस बजारमा, कच्चा पदार्थको भन्सार घटाउन माग



काठमाडौं । युनाइटेड वेभरेज प्रालिले आफ्नो नयाँ उत्पादन सार्वजनिक गरेको छ । कम्पनीले आइतबार एक कार्यक्रमका बीच पल्पी ब्रान्डको नयाँ फ्लेवरमा जुस ल्याएको घोषणा गरेको हो ।

विसं २०७१ सालबाट संचालनमा आएको उक्त कम्पनीले हालसम्म आँप र अम्बाको गरि २ वटा फ्लेवरमा जुस उत्पादन गर्दै आएको थियो । हाल एक नयाँ फ्लेवरमा जुस उत्पादन गरेको हो ।

हाल उक्त कम्पनीमा २ सय जनाले प्रत्यक्ष रुपमा रोजगारी पाइरहेको कम्पनीले जानकारी दिएको छ ।

साथै कम्पनीले कच्चा पदार्थको भन्सार महसुल सरकारले न्युन गरिदिए स्वदेसशी उत्पादनको आत्मनिर्भरमा सहयोग पुग्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL