काठमाडौं । सरकारले १ अर्ब रुपैयाँभन्दा बढि चुक्ता पूँजी भएका कम्पनीलाई अनिवार्य रुपमा पब्लिक कम्पनीमा परिणत गर्ने भएको छ ।
अर्थ मन्त्रीले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै १ अर्ब रपैयाँभन्दा बढि पूँजी भएका कम्पनीले अनिवार्य रुपमा सर्वसाधारणमा सेयर जारी गर्नुपर्ने व्यवस्था गरेको हो ।
सरकारले नियामकहरुको क्षमता बढाउन नेपाल राष्ट्र बैंक ऐन, धितोपत्र बोर्ड ऐन र बीमा ऐन संशोधन गर्ने भएको छ।
यसैगरी बजेटले कुनै पनि बीमा कम्पनीले १० प्रतिशत लघु बीमा हुनुपर्ने व्यवस्था गरेको छ ।
यस्तै बजेटले नेपालमै पुर्नबीमा गर्नुपर्ने व्यवस्थालाई अनिवार्य गरेको छ । जस अनुरुप कुनै पनि बीमा कम्पनीले गर्ने पुर्नबीमामध्ये स्वदेशी पुर्नबीमा कम्पनीमा अनिवार्य रुपमा २० प्रतिशत हुनुपर्ने छ ।