काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निमित्त महानिर्देशकमा गोपालप्रसाद तिवारी नियुक्त भएका छन् । महासंघले उनलाई यही जेठ ९ गते निमित्त महानिर्देशकमा नियुक्त गरेको हो ।
सार्वजनिक–निजी क्षेत्र, नेपालस्थित विभिन्न दातृ निकायहरू र संचार क्षेत्रमा लामो समय आवद्ध रहेका तिवारी पछिल्लो पटक नेपाल सरकारबाट प्रवद्र्धित एवं सार्वजनिक–निजी संवाद प्रतिष्ठानको रूपमा रहेको नेपाल व्यवसाय मंचमा सल्लाहकार⁄परामर्शदाताको रूपमा कार्यरत थिए ।
अर्थतन्त्रस“ग प्रत्यक्ष जोडिएका विभिन्न प्रतिष्ठित संघ÷स“स्थाहरूस“ग आवद्ध तिवारी निजी क्षेत्र, आर्थिक व्यवसायिक विषयवस्तुका साथै समग्र अर्थतन्त्रका जानकार हुन् । अर्थशास्त्रमा स्नातकोत्तर गरेका तिवारी नेपालमा लगानीको वातावरण सुधार सम्बन्धी विषयमा विद्याबारिधी गर्दै छन् ।
उनले सन् २०१६ मा नर्वेबाट सोसिएल इन्टरप्रेनियूरशीप एण्ड इनोभेसन म्यानेजमेन्टमा ग्रयाजुएट र सन् २०१४ देखि बीजनेश स्कूल अफ नेदरल्याण्डसमा व्यवस्थापनमा स्कलर छन् ।
निमित्त महानिर्देशक तिवारीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामार्फत आर्थिक विषयमा अनुसन्धान समेत गरेका छन् । उनको विभिन्न अन्तराष्ट्रिय जर्नलमा अनुसन्धानमुलक लेखहरू समेत प्रकाशित भएका छन् ।
पुस्तक सहित व्यापार, अर्थतन्त्र, निजी क्षेत्र विकास, सामाजिक उद्यमशीलताका विषयमा दर्जनौ लेखरचनाहरू समेत प्रकाशित गरेका तिवारी नेपालका अर्थशास्त्रीहरूको साझा सस्था नेपाल आर्थिक संघका महासचिव समेत हुन् ।
विभिन्न अन्तर्राष्ट्रिय सभा, सेमिनार र बैठकहरूमा समेत भाग लिई नेपालको आर्थिक व्यावसायिक विषयमा प्रतिनिधित्व गरेका नवनियुक्त निमित्त महानिर्देशक तिवारीको अनुभवबाट आर्थिक व्यवसायिक क्षेत्रमा निजी क्षेत्रका तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्न बल पुग्ने महासंघको विश्वास छ ।