काठमाडौं । विश्व स्मार्टफोन ब्रान्ड ओप्पोले आफ्ना नयाँ प्रतिनिधी चयन गरेको छ । कम्पनीले सोमवार नयाँ नेतृत्वको घोषणा गरेको हो ।
कम्पनीका उपाध्यक्ष तथा चाइना मार्केटिङ एण्ड सेल्सका भुतपूर्व ईन्चार्ज, एलेन वु लाई कम्पनीले अन्तरराष्ट्रिय ब्यापारको जिम्मेवारी सुम्पेको छ । उनले आफ्नो जिम्मेवारीका साथ चाइना भन्दा बाहिर कम्पनीको विकास र बृद्धिका लागि काम गर्ने छन् ।
यसका साथै उनले ओपोका प्रमुख कार्यकारी अधिकृत टोनी शेनलाई रिपोर्ट गर्नेछन् । कम्पनीका सिइओ शेनले एलेन वु मार्केटिङ क्षेत्रमा विशेष दख्खल राख्ने मान्छे भएको हुनाले उनले कम्पनीको भविष्य सुुदृढ गर्दै लैजाने बताए ।
त्यसैगरी कम्पनीले सह उपाध्यक्ष, ओपो ईन्डिया अध्यक्षका रुपमा चाल्र्स वोङ्लाई नियुक्त गरेको छ । उनले एलेन वुलाई रिपोर्ट गर्नेछन् । कम्पनीको बृद्धि योजना र भारतिय बजारमा ओपोले लिइरहेको गतिका आधारमा उनले नियुक्ति लिएका हुन् ।