काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले अबका दिन कृषिलाई आधुनिकरण गर्न देशभित्र डाक्टर इञ्जिनियर भन्दा पनि कृषि विशेषज्ञ उपात्दनमा जोड दिनु पर्ने बताएका छन् । ‘देशको हावा पानी अनुसार अब पाल्पा पनि कृषि विश्व विद्यालय स्थापना गर्नुपर्छ,’ विशेष अतिथीको रुपमा पाल्पा व्यापार संघको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले भने, ‘पाल्पाको ढाका टोपी र करुवा देशकै लागि महत्वपूर्ण उत्पादन हो यसलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा प्रवद्र्धन गर्न नेपाल चेम्बर अफ कमर्शले सक्दो सहयोग गर्नेछ ।’
सरकारको सम्बृद्धिको सपना पुरा गर्न निजी क्षेत्रको उल्लेख्य भुमिका रहेको बताउँदै स्थानीय उद्योगी व्यापारी तथा व्यवसायीलाई आफ्नो उत्पादन प्रवद्र्धन गर्न पाल्पा व्यापारसँगको छातामुनी गोलबद्ध हुन आग्रह गरेका छन् ।
यसैगरी कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री पद्ममा अर्यालले नागरिकको स्वास्थ्य सम्बन्धी बीमा सरकारले नै गरिदिने बताईन् । अहिले देशको नागरिकको अवस्था अनुसार उनीहरुले आफ्नो बीमा गर्न नसक्ने जानकारी दिँदै जनकल्याणकारी राज्य व्यवस्थाको नमुना स्वरुप निशुल्क बीमाको लागि मन्त्रिपरिषद्मा छलफलको विषय बनाईने प्रतिवद्धता जाहेर गरिन् ।
यसैगरी स्वदेशी औषधि उद्योागलाई पहिलो प्राथमिकता दिँदै देशको आन्तरिक उत्पादनको बढावा, प्रवद्र्धन गरी देशको आर्थिक विकास गरिने बताईन् । साथै औषधि उद्योगी व्यवसायीहरुको उत्पादनलाई बढवा दिन सोही अनुरुपको नीति अधि सारिने समेत उनले जानकारी दिईन ।