Logo

साताको अन्तिम दिन दोहोरो अंकले घटेर बन्द भयो नेप्से, कारोबार रकममा पनि गिरावट

साताको अन्तिम दिन दोहोरो अंकले घटेर बन्द भयो नेप्से, कारोबार रकममा पनि गिरावट



काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक दोहोरो अंकले घटेर बन्द भएको छ । बजार खुलेदेखि नै आरोलो लागेको नेप्से परिसुचक अन्तमा १० अंकभन्दा बढिले ओरालो लागेको हो ।

बजारमा उत्पादनमुलक र व्यापार बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढि बीमा समुहको परिसुचक ६२ अंकले घट्न पुगेको छ ।

यसैगरी बजारमा बढि प्रभाव रहेको बैंकिङ समुहको परिसुचक पनि ७ दशमलव ४६ अंकले ओरालो लागेको छ । बिहीबार लघुवित्त समुहको परिसुचक ३४ अंकले घट्दा विकास बैंक समुह १४ दशमलव ५३ र जलविद्युत समुहको परिसुचक करिव १३ अंकले ओरालो लागेको छ ।

बिहीबार कारोबार रकममा पनि गिरावट आएको छ । कारोबार रकममा उच्च गिरावट आउँदै ३७ करोड ३५ लाख रुपैयाँमा सिमिति भएको छ । जसमा कालिका माईक्रोक्रेडिट र नेपाल बैंकको २ करोड रुपैयाँभन्दा माथिको सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्