काठमाडौं । हिमालयन डिष्टिलरीले चालु आर्थिक वर्षको ९ महिनामा आफ्नो नाफामा उच्च बृद्धि गरेको छ । कम्पनीले गत आबको पहिलो ९ महिनाको तुलनामा चालू आबको सोही अबधिमा आईपुग्दा आफ्नो नाफाामा १ सय ७८ प्रतिशतले बृद्धि गरेको छ ।
कम्पनीले गत आबको चैत मसान्तसम्मा कुल ६ करोड ९३ लाख रुपैयाँ नाफा आर्जत गरेको थियो । तर, चालू आबको सोही अबधिमा आईपुग्दा सो नाफा बढेर १९ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।
नाफामा बृद्धि भएसँगै कम्पनीको प्रति सेयर आम्दानीमा पनि उच्च सुधार आएको छ । कम्पनीको इपीएस १७ रुपैयाँबाट बढेर ५० रुपैयाँ पुगेको छ । हाल कम्पनीको चुक्ता पूँजी ३८ करोड ५६ लाख रुपैयाँ छ ।
सो अबधिमा हिमालयलन डिष्टिलरीले आफ्नो उत्पादन बिक्रीमा छलाङ मारेको छ । सो अबधिमा कम्पनीले आफ्नो उत्पादन बिक्री वापत १ अर्ब ६१ करोड रुपैयाँ आम्दानी गरेको छ ।