बिजखबर संवाददाता
२५ फागुन,काठमाडौं । सोमवार नेप्से परिसुचक ५ दशमलव २८ अंकले बढेको छ । ९८८ अंकमा पुगेर सेयर बजार बन्द भएको छ ।
सो दिन जलविद्युत समुहको सुचक सवैभन्दा बढी ३३ दशमलव ३९ अंकले बढेको छ । त्यस्तै बीमा समुहको परिसुचक १८ दशमलव ३३ र बैंकिङ समुहको ५ दशमलव ०२ अंकले बढेको छ ।
विकास बैंक,फाइनान्स तथा अन्य समुहको परिसुचक क्रमशः ४ दशमलव ३१, ३ दशमलव ८४, १ दशमलव १८ अंकले बृद्धि भएको छ । यता होटल समुहको परिसुचक भने घटेको छ ।
सोमबार १ सय ५४ कम्पनीको ८ लाख २८ हजार कित्ता सेयरबाट ३० करोड ९४ लाखको कारोवार भएको छ ।