Logo

नियामकको आँखा ठूला कम्पनी माथी, अब १ करोड पूँजी भएको कम्पनी स्टकमा र ५० करोड नाफा हुने बाहिर हुँदैन

नियामकको आँखा ठूला कम्पनी माथी, अब १ करोड पूँजी भएको कम्पनी स्टकमा र ५० करोड नाफा हुने बाहिर हुँदैन



काठमाडौं । सरकारले ठूला कम्पनीलाई पूँजी बजारमा भित्र्याउने गरी नीति नियम बनाउने भएको छ । आगामी दिनमा १ करोड चुक्ता पूँजी भएका कम्पनी स्टकमा सुचिकृति र ५० औं करोड नाफा कमाउने कम्पनी स्टकभन्दा बाहिर नरहने अर्थमन्त्री डा. युवराज खतिवडाले स्पष्ट पारे ।

ठूला कम्पनीहरुलाई पूजी बजारमा नल्याई पूँजी बजारको बिकास हुन नसक्ने बताउँदै ठूला ठूला उत्पादनमुलक कम्पनीहरु किन पूँजी बजारमा आएका छैनन् त्यसका लागि पनि सोही अनुरुपको नीति अख्तियारी गरिने बताए । ‘अहिले १ करोड चुक्ता पूँजी भएको लघुवित्त कम्पनी स्टकमा सुचिकृति भएर कारोबार भइरहेको छ तर, बार्षिक ५० करोडभन्दा माथी कमाउने कम्पनीहरु बाहिँदै छन्,’ उनले भने, ‘अब त्यस्ता कम्पनीलाई पनि पूँजी बजारमा भित्र्याईनेछ ।’

सरकारले पूँजी बजार मार्फत नै लगानी जुटाएर देशको बिकास गर्ने लक्ष्य लिएको जानकारी दिँदै उत्पादन बढाउँन पूँजी बजारमार्फत पूँजी परिचालन अपरिहार्य रहेको उनको तर्क थियो । साथै सोका लागि आगामी दिनमा पूँजी बजारभन्दा बाहिर रहेका रियल रेक्टरलाई पनि पूँजी बजारमा भित्र्याईने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL